काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो तीनवर्ष अघि नेपालको कानुनअनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा पनि बारम्बार उठाइएको भन्दै अब कानुनीरुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचालेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले विगतमा भएका कुरा, युट्युबर तथा अनलाइन सञ्चारमाध्यममा आएका टिकाटिप्पणीले आफूलाई निकै दुःखी तुल्याएको बताएका छन् ।
‘झन्डै तीन वर्षअघि नेपालको कानुनअनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई सर्वविदितै छ । तर कानुनीरुपमा नै आ आफ्नो बाटो लागिसकेपछि पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजनिक र जिम्मेबार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुपचाप सहेँ । तर यो गाली बेइज्जती, अनावश्यक तनावको शृङ्खलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बाध्य भएर केही प्रष्टीकरण गर्न तयार भएको छ ।’
यस्तो छ उनको फेसबुक स्टाटस
प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदीबहिनीहरु ! सामाजिक सञ्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका क्रिया प्रतिक्रियाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनीरुपमै आ–आफ्ना बाटो लागि सकेपछि पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेइज्जती, अनावश्यक तनावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बाध्य भएर केही प्रष्टिकरण दिन बाध्य भएको छु ।
२. सकिएको सम्बन्धको आधारहीन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस हुँदैछ । मेरो चरित्रमाथि खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सिमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु ।
३. अंशसहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन्, जुन मैले पहिलो पटक सार्वजनिक गर्दैछु । अर्को पक्षले भनेझैं हामीबीच कुनै लेनदेन बाँकी छैन, छोरीको नाममा लगेको अंशबाहेक । तर, सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथि हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबुनानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आघात परिरहेको छ ।
४. युट्युबर तथा अनलाइनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुरोध गर्दछु, मेरो नाम, फोटो र प्रसङ्ग जोडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशको कानुनलाई मनन गर्नोस्, जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।
५. यो पोष्ट तथा कदम मेरा सन्तान, साथीभाई तथा शुभचिन्तकको धेरै पटकको आग्रहपछि लेख्दैछु । अब कानुनीरुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद ।
https://www.facebook.com/majurel/posts/4151014131579558
सत्यपाटी ।