काठमाडौं । शेयर बजार परिसूचक नेप्से साेमबार झण्डै ५७ अङ्कले बढेको छ । जलविद्युत् बाहेक अरू सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ५६ दशमलव ७२ अङ्कले बढेर २ हजार ६७ दशमलव १७ विन्दुमा पुगेको छ ।
आइतबार माइक्रो फाइनान्स समूहको १ सय ३६ अङ्कले, व्यापारको १ सय ६१, उत्पादनको १ सय ६, अन्यको ६३, विकास बैंकको ५६, बैकिङ समूहको २२ र होटल समूहको शेयर ३६ अङ्कले बढेको छ ।
आइतबार दुई सय दुई कम्पनीका एक करोड २८ लाख ८८ हजार कित्ता शेयर सात अर्ब २० करोड ४१ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भयो ।
१५ वटा कम्पनीका लगानीकर्ताले नाै प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि लिबर्टी इनर्जीका लगानीकर्ताले झण्डै ६ प्रतिशतले गुमाएका छन् ।
सत्यपाटी ।