सूचनाको शक्ति - The Power Of Information

        

सरकारविरुद्ध प्रदर्शन

कांग्रेस उत्रियो सडकमा, देशैभर प्रदर्शन, भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी

७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन

काठमाडौं  । नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो ।

भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा सरकार लिप्त रहेकालाई खबरदारीका लागि प्रदर्शनमा उत्रनु परेको कांग्रेसले जनाएको छ । सडक देखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने भन्दै कांग्रेसले देशैभर प्रदर्शन गरेको हो ।

लामो समय मौन रहेको कांग्रेस कोरोना महामारीको बढ्दो संक्रमणकै क्रममा पनि सडक प्रदर्शनमा उत्रिएको हो । कोरोना महामारी नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीसमेतमा भ्रष्टाचार गरेर सरकारले असंवेदनशीलताको पराकाष्ठा नाघेको भन्दै कांग्रेसले सडकमा उत्रन आफ्ना नेता कार्यकर्तालाई आह्वान गरकेो थियो ।

प्रधानमन्त्रीले केन्द्रकरण गरेको, अनेकन जनविरोधी विधेयकमार्फत जनताका अधिकार कुल्चँदै अधिनायकवादी बाटोमा अघि बढेको आरोप कांग्रेसले नेकपा नेतृत्वको केपी ओली सरकारमाथि लगाएको छ ।

महिला हिंसाप्रति सरकार पटक्कै संवेदनशील नभएको भन्दै कांग्रेसले महिला हिंसा र बलात्कार व्यापक हुँदा पनि सरकार असंवेदनशील बनेको अरोाप पनि लगाएको छ ।

काठमाडौं उपत्यकाको तीनै शहरदेखि देशैभरका शहरबजारमा कांग्रेसीहरु सडकमा उत्रिएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १७:०१