काठमाडौं । विश्वमै पहिले कोरोनाविरुद्ध सफल खोप बनाएको दाबी गर्ने रुसले अब खोप लगाउने अभियान सुरु गर्ने भएको छ । त्यसका लागि चेतावनी जारी गरिएको छ । रुसका स्वास्थ्य अधिकारीले स्पुतनिक–भी खोप लिने व्यक्तिलाई २ महिनासम्म रक्सी नपिउन सल्लाह दिएका हुन् । खोप २१–२१ दिनको अन्तरालमा लगाइन्छ ।
रुसका उपप्रधानमन्त्री टाटियाना गोलिकोवाले एक अन्तर्वार्तामा खोप लगाउन चाहने नागरिकलाई कम्तीमा ४२ दिनसम्म सावधानी अपनाउन अपिल गरेका छन् । उनले भने, ‘भीडभाडबाट बच्नू, मास्क अनिवार्य लगाउनू, सेनिटाइजर व्यवस्था गर्नू, मानिससँगको सम्पर्कबाट टाढै रहनू, अल्कोहल लिन बन्द गर्नू । रोगत प्रतिरोधी क्षमता वृद्धि रोक्ने औषधि पनि नखानू ।’
रुसका उपभोक्ता सुरक्षा प्रमुख ऐना पोपोवाले भन्छन्, ‘खोपको दुवै डोज लिने क्रममा ४२ दिनसम्म अल्कोहल लिन बन्द गर्नुपर्छ । स्वस्थ शरीर र खोपले रोग प्रतिरोधात्मक शक्ति राम्रोसँग विकास गरोस् भन्ने चाहनुहुन्छ भने रक्सी पिउन बन्द गर्नैपर्छ ।’ स्पुतनिक–भी खोप विकास गर्ने अलेक्जेन्डर गिट्सबर्गको बयान भने फरक छ । न्युज एजेन्सी रोयटर्सका अनुसार खोप लिनु तीन दिनअघि र तीन दिन पछिसम्म अल्कोहल नलिन उनले भनेका छन् । यो नियम हरेक खोपमा लागू हुने र यसमा पनि लागू हुने उनको भनाइ छ । (एजेन्सी)
सत्यपाटी ।