सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आइओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार स्वचालित मूल्य कार्यान्वयन विधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतवार ०६:१६