सूचनाको शक्ति - The Power Of Information

        

२०७७ मंसिर २८ गते आइतवारको राशिफल : सिंहलाई अवरोध, कुम्भलाई इनाम

२०७७ मंसिर २८ गते, आइतवार, १३ डिसेम्बर २०२० । मार्ग कृष्णपक्ष, चतुर्दशी तिथि, अनुराधा नक्षत्र, चन्द्रराशि, वृश्चिक ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ । अशक्त अवस्थामा व्यस्तता बढ्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ । प्राथमिकताका आधारमा काम गर्न नसकिएला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्ने समय छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । गृहस्थी यात्रा रमाइलो रहनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । आफन्तको साथले नयाँ आशा जगाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विभिन्न कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी कामले लाभ दिलाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्यमा पुग्न समय लाग्नेछ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले काम अघि बढ्नेछ । अध्ययनमा धेरै समय जुट्न नसकिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन गर्न सकिनेछ । आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । टाढिएका आफन्त र साथीभाइ नजिकिनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रचनात्मक काममा जुट्ने समय छ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ । बेलामा होस नपुर्याउँदा दुःख पाइनेछ । सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ । अग्रजहरूको सहमति नजुट्नाले काम रोकिन सक्छ । दिगो काम थाल्न केही समय पर्खनुपर्ने देखिन्छ । हिसाबकिताबमा होसियार रहनुहोला, काम बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अवसरलाई पछ्याउन नसक्दा काममा पछि परिनेछ । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । तत्कालको सानो फाइदा हेर्दा ठूलो काम बिग्रन सक्छ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला । छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । समय र कामको तालमेल नहुँदा केही पछि परिनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन् । तापनि प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला । शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ । तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक काम बन्न सक्छ । फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । भविष्यका लागि जग बसाउन सकिनेछ । (नेपाली पात्रो)

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतवार ०५:५१