सूचनाको शक्ति - The Power Of Information

        

६० वर्षीय बुवाबाट ६ वर्षीया छोरी बलात्कृत

कपिलवस्तु । बुद्धभूिम नगरपालिकाका एक ६० वर्षीय पुरुषबाट ६ वर्षीया छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । पछिल्लो पटक मंसिर १० गते राति बालिका बलात्कृत भएपछि ती बालिकाले दुई दिनपछि घर नजिकैका छिमेकीलाई घटना बताएकी थिइन् । छिमेकी महिलाले घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खबर गरेकी थिइन् ।

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । तीन वर्षअघि ती बालिकाको आमाले अर्कैसँग विवाह गरेर हिँडेपछि घरमा बुवा छोरी मात्र बस्दै आएका थिए । ती पुरुषले छोरीलाई पटक पटक बलात्कार गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार १४:३९