बझाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङले विभिन्न आइसोलेसनमा रहेका कोरोना सङक्रमण भएकाहरुलाई औषधि लगायत मास्क सेनिटाइजर वितरण गरेको छ । जिल्लाको बुङगल नगरपालिकामा ,दुर्गाथली गाउँपालिका र तलकोट गाउँपालिकामा होम आइसोलेसनमा बसेकाहरुलाई रोगप्रतिरोधात्मक क्षमता अभिवृद्दि गराउन औषधि वितरण गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी मिनराज पुरीका अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेदमा औषधि निर्माण भएको छ । दिनप्रतिदिन विरामीहरुमा औषधीप्रति बिश्वास बढेकोले कार्यालयले आइसोलेशनमा नै पुगेर औषधी वितरण गरिएको सूचना अधिकारी पुरीले जानकारी दिए ।
बिरामीलाई कोरोना भाइरससँग लड्नका लागि योग शिक्षाको बारेमा समेत जानकारी दिइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सुर्य उपाध्यायले बताए । उनले कार्यालयमा उपलब्ध औषधी नियमितरुपमा स्वास्थकर्मीको सल्लाहबमोजिम सेवन गरेमा कोरोना सजिलै परास्त गर्न सकिने बताए । सरकारले निशुल्करुपमा औषधी वितरणपछि आइसोलेसनमा रहेकाहरु तथा अन्य मानिसहरुमा आयुर्वेदप्रति विश्वास बढ्दै गएको छ ।
सत्यराज सिंह ।