सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

उपन्यासकार कल्पना खरेलको ‘लभ इन जेरुसलेम’ बजारमा

बाँके । बहुप्रतिभाशाली गीतकार, कथाकार एवम् उपन्यासकार कल्पना खरेलको नयाँ उपन्यास ‘लभ इन जेरुसलेम’ बजारमा आएको छ । सर्वोच्च शिखर सगरमाथाको देशबाट पृथ्वीकै होचो सतह भएको मृतसागरको देशलाई सम्बोधन गरिएको ‘लभ इन जेरुसलेम’ पृथक प्रेमकथासहित बजारमा आएको हो । उनको यो पाँचौ कृति हो ।

‘लभ इन जेरुसलेम’ उपन्यासमा नेपालको वैदेशिक रोजगारमा जानुुपर्ने बाध्यतासँगै इजरायलको भूगोल, संस्कृति, इतिहास र त्यहाँका हरेक गाउँ शहरको परिवेश, रहनसहन र पारिवारिक विखण्डनमा आधारित कहानीलाई समेटिएको छ । पैरवी बुक हाउस काठमाडौंले प्रकाशन गरेको नयाँ उपन्यास ‘लभ इन जेरुसलेम’ उपन्यासकार खरेलको पाँचौं कृति हो ।

नयाँ उपन्यास ‘लभ इन जेरुसलेम’लाई उत्कृष्ट बनाउन आफुुले सक्दो मेहनत गरेको पनि जानकारी दिइन् । ‘लभ इन जेरुसलेम’ उपन्यासमा भएका सबै कुरा केलाउने जिम्मा पाठककै भएको पनि उपन्यासकार खरेलले बताइन् । यसअघि खरेलका उपन्यास, गीति सङ्ग्रह, गीति एल्वम र कथा सङ्ग्रह बजारमा आइसकेका छन् ।

उनका गीति संग्रह ‘क्षितिज पारीका शब्दहरू’, उपन्यास ‘समलिंगी सम्बन्धहरू’, कथा संग्रह ‘रागिनी’, गीति एल्वम ‘कामना’ लगायतका कृतिहरु प्रकाशित भइरहेका छन् । उपन्यासको मूल्य रु.२९८ छ । नयाँ उपन्यास माछापुच्छ्रे पुस्तक पसल नेपालगन्ज, दिशान्त बुक हाउस बुटवल, मैनाली पुस्तक पसल बिराटनगर, सालिना पुस्तक पसल पोखरा लगायत देशैका विभिन्न शहरहरुमा विक्री वितरण भइरहेको प्रकाशकले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार ०८:२३

सिफारिस