सूचनाको शक्ति - The Power Of Information

        

कलंकीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा कङशंकर दमाई, रञ्जित कुमार चौधरी रहेका छन् । यस्तै घाइते हुनेहरुमा शम्भुनाथ, रामचन्द्र सिम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्य खत्री रहेका छन् ।

प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ढुंगेअड्डामा ब्रेक फेल भई दुर्घटना भएको हो ।

ट्रकले ६ वटा सवारीसाधनलाई ठक्कर दिएको थियो । कालिका पेट्रोल पम्पनजिकै ब्रेक फेल हुँदा ट्रकले मोटरसाइकल र कारहरुलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा बा २ ज २०४७ नम्बरको ट्याक्सी, बा४ च २२१ नम्बरको पिकअप भ्यान, बा ४ ख ३२५२ नम्बरको यात्रुवाहक बस र बा ५१ प ४९५१ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ।

यस्तै प्रदेश ३- ०२००६ प १३४१ नम्बरको मोटरसाइकल र बा ४७ प २४१५ नम्बरको स्कुटरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार ०७:५१