सूचनाको शक्ति - The Power Of Information

        

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

ललितपुर ।  एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी छ।

करिब तीन वर्ष पहिलेदेखिका अनुमतिपत्र लिनसमेत सेवाग्राही नआएको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले जानकारी दिएका हुन्।

तिहारपछि अनुमतिपत्र लिन आउने सेवाग्राहीको संख्या कम भएको कार्यालयले जनाएको छ।

नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र भने छापिन बाँकी छ।

हाल अनुमतिपत्र नवीकरणका लागि दैनिक तीनदेखि चार सय सेवाग्राही आइरहेको कार्यालयले जनाएको छ। नयाँ अनुमतिपत्रका लागि भने आवेदन खुलेको छैन।

रासस

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ११:१६