सूचनाको शक्ति - The Power Of Information

        

अब पुरुष र महिला फुटबलरको तलब समान हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको केन्द्रिय समितिको बैठकले नेपाली राष्ट्रिय महिला तथा फुटबल टिमको तलब समान बनाउने निर्णय गरेको छ।

यसअघि पुरुष राष्ट्रिय टिमका खेलाडीको तलब १५ हजार र महिला खलाडीको ७ हजार रहेकोमा सो रकम बढेर अब समान १८ हजार बनाउने एन्फाले निर्णय गरेको हो।

यसअघि ब्राजिल लगायत् विश्वका केही मुलुकमा महिला तथा पुरुष फुटबल खेलाडीको तलब समान बनाइएको थियो। सोही क्रममा अमेरिकामा महिला खेलाडीको तलबलाई लिएर अदालतमा मुद्दा समेत परेको थियो।

त्यस्तै, बिहिबार बसेको एन्फाको बैठकले कोरोनाका कारण स्थागित प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्सँग अनुमति माग्ने निर्णय गरेको बताएको छ।

कोरोनाका कारण लकडाउन भएपछि सहिद स्मारक बी डिभिजन लिग बीचमै रोकिएको थियो भने राष्ट्रिय लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ड लिग लगायतका खेलहरु सञ्चालन हुनै सकेका थिएनन्।

एन्फाले संघको कम्प्लेक्समा रहेको कृतिम मेदानमा फ्लड लाइट जोड्ने भएको छ भने कास्की निर्माण गर्न लागिएको बहुउद्देश्य फुटबल टेक्निकल सेन्टरका लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको बताएको छ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०९:३७