सूचनाको शक्ति - The Power Of Information

        

वडा कार्यालयमै यौन सम्पर्क गर्दागर्दै वडाध्यक्ष पक्राउ

फाइल तस्वीर

सल्यान । वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्दैगर्दा वडा अध्यक्ष भेटिएपछि त्रिवेणी गाउँपालिका–४ सल्यानका स्थानीयले आन्दोलन थालेका छन् । वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग यौन क्रियाकलाप गर्दैगर्दा भेटिएपछि उनीहरूले कारर्वाहीको माग गर्दै आन्दोलन थालेका छन् ।

श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले राति घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरेका थिए । वडाध्यक्षले महिलालाई वडा कार्यालयमा लगेपछि स्थानीयले दुवैजना बसेको कोठाको बाहिरबाट चुक्कुल लगाएर प्रहरीलाई खबर गरेका थिए ।

कार्यालयमा यौन क्रियाकलाप गरेको भन्दै स्थानीयले आन्दोलन थालेपछि प्रहरीले मुद्दा अघि बढाएको छ । रातको एक बजे महिलासहित इलाका प्रहरी कार्यालय लुहाम पुर्याइएका उनीमाथि वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी डीएसपी ढकेन्द्र खतिवडाले बताए । घटललनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०४:४४