सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

उपत्यकामा ४०४ सहित १२१७ जनामा कोरोना संक्रमण, १०६४ संक्रमणमुक्त

१२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पीसीआर परीक्षण भएका छ ।

पछिल्लो २४ घण्टामा १०६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ३२८, ललितपुरमा ५१ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १७:१४