सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ४१२ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४१२ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ४१ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ७७२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३१ हजार ५२२ जना संक्रमित पुष्टि भएको छ ।

यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९७  लाख नाघेको छ । भारतमा कुल संक्रमित ९७ लाख ६७ हजार ३७२ पुगेको छ ।भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ९२ लाख ५३ हजार ३०६ जना आन्क्रमं मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३७ हजार ७२५ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा ३ लाख ७२ हजार २९३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल १५ करोड ७ लाख ५९ हजार ७२६ नमुना परिक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा ९ लाख २२ हजार ९५९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १०:४९