सूचनाको शक्ति - The Power Of Information

        

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

देउवा निवास बुढानिकलण्ठमा बिहान ९ बजे पदाधिकारी बैठक बस्ने बताइएको छ।

सरकारविरुद्ध सोमबारका लागि तय गरिएको विरोध प्रदर्शनका सन्दर्भमा छलफल हुने सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

उनले भने, ‘२९ गतेको विरोधको बारेमा छलफल हुन्छ। अरु विषयमा पनि छलफल होला।’

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार ०९:१०