सूचनाको शक्ति - The Power Of Information

        

बैंक अफ काठमाण्डौको ऋणपत्र आजदेखि, सानिमा बैंकको पुस १ देखि

काठमाडौं । बैंक अफ काठमाण्डौले बुधबारदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ६ लाख ४० हजार सर्वसाधारणको लागि सार्वजनिक निष्कासन मार्फत र बाँकी रहेको ९ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट विभिन्न संघ सस्थाहरुलाई बिक्री गर्नेछ ।

यो ऋणपत्र छिटोमा मंसिर २८ र ढिलोमा पुस ८ गतेसम्म बिक्रीमा रहनेछ । खरिद गर्न चाहनेले न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन गर्न मिल्ने बैंकले जानकारी गराएको छ ।

१० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन तथा बिक्री हुन लागेको हो । बिक्री प्रबन्धकका साथै आवेदकले सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्ने बैंकले जनाएको छ।

यस्तै सानिमा बैंकलले पुुस १ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको १ हजार अंकित दरमा ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले १६ लाख सर्वसाधारणको लागि र बाँकी रहेको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा पुस ५ र ढिलोमा पुस १५ गतेसम्म रहेको छ ।

न्यूनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि आवेदन गर्न मिल्ने कम्पनीले बताएकोे छ । कम्पनीले निष्कासन गर्ने ऋणपत्र १० वर्षसम्मको लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको उल्लेख गरेको छ ।

निष्कासन तथा विक्री प्रबन्धकमा एनआइसि एसिया क्यापिटल बैंकिङ रहेको छ साथै आवेदकले सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार ०९:३८