सूचनाको शक्ति - The Power Of Information

        

आफ्नो कार्यकालको सय दिनमा १० करोड खोप उपलब्ध गराउने बाइडेनको घोषणा

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनमा कोरोना भाइरस विरुद्धको १० करोड खोप उपलब्ध गराउने योजना अघि सार्नुभएको छ ।

बाइडेनले आफ्नो कार्यकालमा कोभिड–१९ नियन्त्रणका लागि काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कोभिड नियन्त्रणका लागि स्वास्थ्य टीम घोषणा गरिसकेको जनाउँदै राष्ट्रपति बाइडेनले सय दिनसम्म अमेरिकीहरुलाई मास्क लगाउन आग्रह गर्नुभयो ।

उहाँले खोप तयार पार्ने फाइजर र बायोन्टेकलाई स्वीकृति प्रदान गर्न मार्ग प्रशस्त गर्ने पनि जानकारी दिनुभयो । डेलावेयरमा पत्रकार सम्मेलनमा क्रममा बाइडेनले क्यालिफोर्नियाको महान्यायाधीवक्ता जेभियर बेसेरालाई स्वास्थ्य सचिव र रोग नियन्त्रण तथा रोकथाम केन्द्र प्रमुखमा रोशेल वालेन्स्कीलाई नियुक्त गर्दै उक्त धारणा व्यक्त गर्नुभएको छ ।

आफ्नो सय दिने कार्यकालमा कोभिड नियन्त्रणमा नआउने बताउँदै यसको नियन्त्रणका लागि ठोस उपायहरु अवलम्बन गरिने वचन दिनुभयो ।

यसका लागि अमेरिकी कँग्रेसले साथ दिनुपर्ने उहाँको धारणा छ । एजेन्सी

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार ०८:३८