सूचनाको शक्ति - The Power Of Information

        

लाजियो च्याम्पियन्स लिगको नक आउट चरणमा, म्यान्चेस्टर युनाइटेड बाहिरियो

काठमाडौं । इटालियन फुटबल लब लाजियो युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समूह ‘एफ’ को खेलमा बेल्जियमको क्लब ब्रुजसँग २–२ गोलको बराबरी खेल्दै लाजियो नक आउट चरणमा पुगेको हो ।

यही समूहको अर्को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले रुसको जेनिथ सेन्ट पिटर्सवर्गलाई ३–१ ले हरायो ।

डर्टमण्ड यसअघि नैं प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरिसकेको थियो ।

गएराति भएको समूह ‘जी’ को खेलमा इटालीको युभेन्टसले स्पेनको बार्सिलोनालाई उसैको मैदानमा ३–० ले हरायो ।

युभेन्टस र बार्सीलोेना दुवै टोेली च्याम्पियन्स लिगको नक आउट चरणमा पुगिसेकका छन् ।

गएराति इंग्ल्याण्डको चेल्सीले रुसको एफसी क्रास्नोडारसँग १–१ गोलको बरबरी खेल्दा स्पेनको सेभियाले फ्रान्सको रेनेजलाई ३–१ ले हरायो ।

यसैगरी समूह ‘एच’ को खेलमा जर्मनीको आरबी लेप्जीगले इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडलाई ३–२ ले हरायो ।

हारसँगै म्यान्चेस्टर युनाईटेड प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । यही समूहका अन्य दई टोली पेरिस सेन्ट जर्मेन र इस्तानबुल बसाक्सेरबीचको खेल भने रोकिएको छ ।

पाहुना टोली इस्तानबुलका एक जना कोचिङ स्टाफलाई म्याच अफिसियलले रंगभेदी शब्द प्रयोग गरेको भन्दै दुवै टोलीले खेल छाडेका हुन् । सो खेल आज हुने बताइएको छ । एजेन्सी

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार ०८:०२