सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

पछिल्लो २४ घण्टामा १३८२ संक्रमित, १६२१ संक्रमणमुक्त, २३ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ५९४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८२ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँग नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।

पछिलो २४ घण्टामा १६२१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

हाल देशभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ४७ पीसीआर परिक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ४१२, ललितपुरमा ११३ र भक्तपुरमा ६९ जना थपिएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १७:०१