सूचनाको शक्ति - The Power Of Information

        

बालुवाटारमा सर्वदलीय बैठक शुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ ।समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बालुवाटारमा शुरु भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । आज (मंगलबार) नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न सर्वदलिय बैठक बोलाइएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ ।

यससँगै सर्वदलिय बैठकमा समसामयीक राजनीतिक विषयहरुमा छलफल हुनेछ । गत बैशाख यता प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिएनन् ।

गत बैशाख ३१ गते भारतले नेपालको भूमी मिचेर सडक बनाएपछि छलफलका लागी संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल एवम् परामर्श गरेका थिए ।

सरकारमाथाको नयाँ उचाई सार्वजनिक दिउँसो १ ४५ बजे नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण गरिनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १२:०३