सूचनाको शक्ति - The Power Of Information

        

आज सगरमाथाको उचाइ घोषणा गरिँदै

काठमाडौँ । नेपाल सरकारले मंगलबार औपचारिक रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने भएको छ ।

मंगलबार एक समारोहका बीच सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए ।  मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न  स्वीकृती दिएको थियो ।

आर्थिक वर्ष ७५र७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने  नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

सन् २०१९ मा चिनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए ।

 पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटर हालसम्म कायम रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १०:००