सूचनाको शक्ति - The Power Of Information

        

२०७७ मंसिर २३ गते, मंगलवारको राशिफल : वृषलाई दुःख मीनलाई लाभ

२०७७ मंसिर २३ गते, मंगलवार, ८ डिसेम्बर २०२० । मार्ग कृष्णपक्ष, अष्टमी तिथि (१३ः३६ बजेदेखि नवमी), पूर्वफाल्गुनी नक्षत्र (१०ः५३ बजेदेखि उत्तरफाल्गुनी), चन्द्रराशि, सिंह, १६ः४७ बजेदेखि कन्या ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यावहारिक समस्याले योजना स्थगन हुने देखिन्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । स्वास्थ्य कमजोर रहनेछ भने कामको चाप बढ्नेछ । अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला । परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । केही खर्च पनि बढ्नेछ । थकाइ र कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुःख पाइनेछ । समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ । साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । अध्ययनमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । ठूलो उपलब्धि नभए पनि साँझतिर काम बन्नेछ । आयस्रोत बढे पनि विवादास्पद जिम्मेवारी आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ । पारिवारिक जमघटले आनन्द दिलाउनेछ । साँझतिर परिस्थिति केही कमजोर रहनेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने समय रहेकाले सावधान रहनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । काम बिग्नाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा लामो यात्रा हुने सम्भावना छ । साँझतिर अधुरो काम बन्नेछ भने रमाइलो भेटघाट पनि हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित दाम प्राप्त हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम पनि बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । साँझदेखि आयस्रोत बढ्नेछन् । स्रोत(साधन जुट्नाले कर्मको उचित प्रतिफल पाइनेछ । मिहिनेतले सजिलै दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । विश्वास दिलाएर झुक्याउनेहरूले सताउन सक्छन् । साँझतिर केही अवसर आए पनि प्रतिस्पर्धीहरूले दुःख दिन सक्छन् । केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ने पनि हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिवश अरूका लागि अलमलिनुपर्ला । समय लागे पनि काममा केही उपलब्धि प्राप्त हुनेछ । मिहिनेतले अप्ठ्यारो समयमा पनि फाइदा दिलाउन सक्छ । सुरुमा अरूका लागि जुट्नुपरे पनि साँझदेखि सहयोगीले साथ दिनेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट लाभ हुनेछ । व्यवसायमा लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परिस्थिति रमाइलो देखिए पनि हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ । आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । साँझतिर स्वास्थ्य कमजोर हुनाले नियमित काममा बाधा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुने सम्भावना देखिन्छ । (नेपाली पात्रो)

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार ०७:४७