सूचनाको शक्ति - The Power Of Information

        

साधु–सन्तलाई योगा जानकारी र फलफूल वितरण

बाँके । नेपालगन्जस्थित हडिया बाबा मन्दिरमा रहेका साधु सन्तलाई योगाबारे जानकारी गराउदै फलफुल बितरण गरिएको छ । योग समिति नेपालको अगुवाईमा बाँके आरोग्य स्वास्थ्य सचेत नागरिक योग अभियान अन्तरगत हडिया बाबा मन्दिरमा सोमबार योग सिकाइनुका साथै तथा फलफुल बितरण गरिएको हो ।

त्यहाँ उपस्थित साधु सन्त, महन्त तथा गुरूहरूको सम्मान स्वरुप योग अफियानमार्फत फलफुल बितरण गरियको हो । कार्यक्रममा बोल्दै हडिया बाबा मन्दिरका अध्यक्ष एवं योग समितिका सल्लाहकार नन्दलाल वैश्यले निरोगी बन्नका लागि नियमित योग अभ्यास जरूरी रहेको बताए । साधु सन्तले नै योग विकास गरेकाले उहाँहरुलाई थप हौसला प्रदान गर्न उपस्थिति जनायको बताए ।

कार्यक्रममा बोल्दै हडिया बाबा मन्दिरका अध्यक्ष एवं योग समितिका सल्लाहकार नन्दलाल वैश्यले निरोगी बन्नका लागि नियमित योग अभ्यास जरूरी रहेको बताए । साधु सन्तले नै योग विकास गरेकाले उनीहरुको हौसला र थप प्रचार गर्न उपस्थिति जनाएको बताए । अध्यक्ष एवं योग गुरु गिरीराज शर्माको निर्देशनअनुसार ज्योती प्रकाश पौडेल र सुनिता पौडेलले योग शिक्षा दिएका थिए ।

कार्यक्रममा योग समितिकि सचिव निर्मला शाह, प्रचारक डिला शाह लगायतले योगबारे बोल्नु भयको थियो । सल्लाहकारद्वय बिश्वजित तिवारी र राजन रानामगर, समितिका पदाधिकारी लगायको उपस्थित रहेको उपाध्यक्ष सुमित्रा शुवेदीले जानकारी दिए । मन्दिरको सरसफाइ, योग अभ्यास गराइनुका साथै ३ सय जनालाई फलफूल बितरण गरिएको छ । साधु सन्तहरु हरेक वर्ष भेला हुने गर्दछन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १५:३०