सूचनाको शक्ति - The Power Of Information

        

अभिनेत्री श्वेताले विजयेन्द्रसँग कसिन् लगनगाँठो

काठमाडौं । अभिनेत्री श्वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन् । दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो । श्वेताले आइतबार मात्रै सामाजिक सञ्जालमा बिहेको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको बताएकी थिइन् ।

श्वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन् । उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट भएको थियो । श्वेताले श्रीसँग ‘कोहिनूर’मा अभिनय गरेकी थिइन् । लामो प्रेम सम्बन्धपछि श्रीकृष्ण र श्वेता २०७१ असार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए । विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा निधन भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १५:०९