सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक डाकिएकाे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए। उनका अनुसार पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो।

सर्वदलीय बैठकमा कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ। यस्तै पछिल्लो समय देशका विभिन्न स्थानमा राजावादी समूहले प्रदर्शन गर्दै आएको विषयमा पनि छलफल हुनेछ।

यसअघि ३१ वैशाखमा भारतले लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर आवश्यक छलफल गरेका थिए।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १३:०९