हुम्ला । हुम्लाका ११ सुरक्षाकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । यही मंसिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो ।
उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट ट्रेसिङका परेका १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
मंसिर १९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएको मध्ये ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभएको छ ।
यो सँगै हुम्लामा कोरोना संक्रमितको कुल संख्या ७८ पुगेको छ ।
सत्यपाटी ।