काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले आज (सोमबार) लगनगाँठो कस्न लागेकी हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ ।
विवाहकै दिन श्वेताले आफ्नो फेसबुक अकाउन्टमा आफ्नो मेहेन्दी कार्यक्रमका केही तस्बिर सार्वजनिक गरेकी छिन् । फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘ मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म…’
कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको छ । विवाहमा दुबैतर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिति रहने बताइएको छ ।










तस्वीरहरु : स्वेताको फेसबुकबाट
सत्यपाटी ।