सूचनाको शक्ति - The Power Of Information

        

दार्चुलामा ट्रक दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

दार्चुला ।  दार्चुलामा गएराति भएको ट्रक दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका–१, भर्तालामा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये बैतडीको न्वाली घर भएका चालक २४ वर्षीय शेरसिंह कार्कीको मात्र पहिचान खुलेको छ।

अन्य दुई जनाको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक ऐरीले बताए। ट्रक सडकबाट करिब १२० मिटर तल खसेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०९:०९