सूचनाको शक्ति - The Power Of Information

        

दोस्रो बिवाह गर्दै हास्य कलाकार मनोज गजुरेल

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिवाह गर्ने बताएका छन्।

एपी वन टेलिभिजनको कार्यक्रम तमसो मा ज्योतिर्गमय मा कुराकानी गर्दै गजुरेलले आफूले छिट्टै नै बिहे गर्न लागेको कुरा बताएका हुन् ।

‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु। हामी जोडिंदै छौं। अहिलेलाई यति मात्र भनौं’ उनले भनेका छन् ।

दोस्रो बिवाह हुने बताए पनि उनले को सँग बिहे हुने भन्ने बारेमा भने केही खुलाएनन् । कलाकार गजुरेल र मीना ढकालले ३ बर्ष अघि सहमतिमै सम्बन्ध विच्छेद गरेपछि उनले पहिलो पटक आफ्नो बिहेका बारेमा खुलेर कुरा गरेका हुन् ।

उनीहरु ३ वर्ष पहिले २२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै अलग अलग बस्दै आएका थिए । उनीहरुबाट एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०९:०३