सूचनाको शक्ति - The Power Of Information

        

बनेपामा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयाे, तीन जना घाइते

काभ्रे  ।  काभ्रेको बनेपामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकलको पछाडि बस्ने सिन्धुपाल्चोक चौताराका २८ वर्ष हरिकृष्ण बस्नेत र ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक धुलिखेल ६ का २० वर्षका सत्यमान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको हो । घाइते तीन जनाको पनि धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०८:३८