सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक प्रहरीलाई १६० रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय टर्मिनलमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक घर भएर काठमाण्डौको चाबहिल बस्ने ३५ वर्षका बा ३३ प ६५ नम्बरको मोटरसाइकल चालक उज्ज्वल आचार्य पक्राउ परेका हुन् । यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न खोज्दा उनले १६० रुपैयाँ घुस दिन खोजेकाले उनलाई पक्राउ गरेर कारबाहीकाे प्रक्रिया अघि बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उनलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०८:३५