सूचनाको शक्ति - The Power Of Information

        

सूचना कार्यविधी निर्माणका लागि परामर्श गोष्ठी

बझाङ । जयपृथ्वी नगरपालिका सूचना तथा सञ्चार प्रविधी प्रयोग कार्यविधी २०७७ निमार्णका लागि परामर्श गोष्ठी सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिकाको आयोजना र साहारा नेपाल सुशासन परियोजनाको सहकार्यमा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा साहारा नेपाल सुशासन परियोजनाका जिल्ला संयोजक डम्मर सुनारले जयपृथ्वी नगरपालिकामा हालसम्म निर्माण गरिएको सूचना तथा सञ्चार सुशासनका पोर्टलहरु र उक्तm पोर्टलभित्र राखिएको क्याटेगोरीको बारेमा जानकारी गराएका थिए । साथै सुशासन परियोजनाबाट भएको विकास तथा प्रयोग भएका औजार र प्रणालीको बारेमा जानकारीसमेत गराएका थिए ।

कार्यक्रममा बोल्दै अधिवक्ता शिवराज जोशीले वैज्ञानिक तथा प्रविधिको युग र कम्प्युटरको जमानामा कागजरहित सेवा सञ्चालनमा जोड दिनुपर्ने र अवको केही बर्षमा नगरपालिकाले निर्माण गरेको सूचना तथा सञ्चार प्रविधि प्रयोग सम्बन्धी २०७७ ले महत्वपूर्ण सहयोग पुग्ने बताए ।

नगरपालिकामा जति सूचना तथा सञ्चारको काम भए गरे पनि अधुरोजस्तो भएकाले अब पुरा भएको कार्यक्रमकी अध्यक्ष तथा उपप्रमुख जुना जाग्रीले बताइन् । कार्यक्रममा नगरपालिकाका वडाध्यक्ष, कर्मचारी, नागरिक समाज र पत्रकार लगायतको सहभागिता थियो । कार्यक्रम सञ्चालन साहारा नेपाल सुशासन परियोजना जयपृथ्वी नगरपालिका फिल्ड संयोजक देवराज बोहोराले गरेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०७:३६