सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

पछिल्लो २४ घण्टामा १०९६ संक्रमित, १७५२ संक्रमणमुक्त, १७ जनाको मृत्यु

मुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५

काठमाडौं । नेपालमा आइतबार थप १०९६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाामा १०९६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

गत २४ घण्टामा १७५२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५९४ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३५१, ललितपुरमा ७५ र भक्तपुरमा ५९ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार १६:३८