सूचनाको शक्ति - The Power Of Information

        

आज २०७७ मंसिर २१ गते आइतबारको राशिफल : धनुलाई लाभ, कन्यालाई उत्साह

२०७७ मंसिर २१ गते, आइतवार, ६ डिसेम्बर २०२० । मार्ग कृष्णपक्ष, षष्ठी तिथि (१६ः३४ बजेदेखि सप्तमी), अश्लेषा नक्षत्र (१२ः३९ बजेदेखि मघा), चन्द्रराशि, कर्कट १२ः३९ बजेदेखि सिंह ।

ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज अधूरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भयछ सचेत रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोवारमा बिवाद पनि आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसङ्ग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योगछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । घर परिवारका सदस्यहरुबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार ०६:५३