सूचनाको शक्ति - The Power Of Information

        

कोरोना प्रभावितलाई राहत दिने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिडको कारण ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै कोभिड प्रभावितलाई राहत दिन यसअघिका विभिन्न व्यवस्थामा पुनरावलोकन गरेको जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको असर अझै रहेकाले राष्ट्र बैंकले भविष्यमा मौद्रिक उपकरण र नीतिहरु खुकुलो गर्ने बताउनुभयो ।

कर्जाको ब्याजदर गत वर्षको तुलनामा घट्दा व्यवसायीको मनोबल बढेको तर निक्षेपको ब्याजदर घट्दा त्यसले ल्याउने समस्या सावधान गर्ने उहाँको भनाइ छ ।

समीक्षा कार्यक्रममा गभर्नर अधिकारीले कोरोनाको महामारी रहेसम्म व्यवसायीका लागि लचिलो बन्ने बताउनुभयो ।

व्याजदरलाई नियन्त्रण गरिने, सहुलियत ब्याजदर लागू गर्ने र पुनर्कर्जालाई प्रभावकारी बनाउने लगायतको तयारी गरेको बताउनुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ०९:२४