सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकल दुर्घटनामा परेर काठमाण्डौमा ३ जना गम्भीर घाइते

काठमाडौं ।  काठमाण्डौमा मोटरसाइकल दुर्घटनामा परेर ३ जना गम्भीर घाइते भएका छन् ।

काठमाण्डौको पेप्सीकोलामा दुई ओटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुईजना चालक घाइते भएका छन् । बा ९१ प १८१८ नम्बरको र रा ५ प ४५९१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नक्सालमा कार्यरत प्रहरी जवान २८ वर्षका युवराज गिरी र चितवन घर भइ पेप्सीकोला बस्ने भागिराम केसी घाइते भएका हुन् ।

भागिरामले जाँडरक्सी पिएर मोटरसाइकल चलाएको खुल्न आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै काठमाण्डौको बाँसबारीमा मोटरसाइकल पल्टिँदा चालक घाइते भएका छन् ।

बा ८९ प ४२ ५७ को मोटरसाइकल पल्टिँदा मोरङ घर भइ ललितपुर भैंसीपार्टी बस्ने देवेन्द्र फुँयाल घाइते भएका हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ०९:०३