सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट कोहलपुरका ७४ वर्षीय वृद्धको मृत्यु, ४७ जना सिकिस्त बिरामी

बाँके । कोहलपुरका ७४ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको छ ।

मंसीर ६ गते भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका वृद्धको आज बिहान २ बजे मृत्यु भएको हो ।

बाँकेका अस्पतालहरुमा कोरोनाबाट दैनिकजसो नै मृत्यु भइरहेपनि जिल्लावासीको लामो समयपछि मृत्यु भएको छ । यो सँगै कोरोनाबाट बाँकेका ३९ जनाको मृत्यु भएको छ ।

यसैबीच, बाँकेका दुई ठूला अस्पताल भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कोरोनाका ४७ जना सिकिस्त बिरामी रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरीमा ३४ र कोहलपुर मेडिकल कलेजमा १३ जना सिकिस्त बिरामी छन् ।

दुई अस्पतालमा मध्यम खालका ४८ र सामान्य ५ जना बिरामी रहेका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा गरेर एक सय ३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार १०:२५