सूचनाको शक्ति - The Power Of Information

        

हुम्लाको सिमकोट विमानस्थलमा आगलागी

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा आगलागी भएको छ । केहिबेर अघि अचानक विमानस्थल प्रमुख बस्ने क्वाटर्रमा आगलागी भएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकास सुवेदीले जानकारी दिए ।

आगोको लप्काले विमानस्थल प्रमुखकाे क्वाटर्रको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भयो सुवेदीले भने, ‘अहिलेसम्म के कारणले आगो लाग्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन् ।’

 नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी सहित स्थानीयको पहलमा आगो निभाउने काम भइरहेको छ ।  अत्याधिक चिसोका कारण पानी जमेपछि आगो नियन्त्रणमा  ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार ०७:३३