काठमाडौं । बिहीबार पहाडी भेगको एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।
बंगलादेश आसपास बनेको न्यूनचापीय प्रणालीको असरले पहाडी क्षेत्रका केही ठाउँमा पानीपर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा मौसम आशिंकदेखि सामान्य बदली हुनेछ । प्रदेश १ र बागमती प्रदेशको एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
उनका अनुसार अरु प्रदेशको मौसम भने सफा नै रहनेछ । यो प्रणाली एक दुई दिन सक्रिय नै रहने देखिएकाले नेपालमा पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली भएर एकदुई ठाउँमा हल्का पानी पर्ने उनको अनुमान छ ।
बिहीबार राति पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीको पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली भएपनि अरु ठाउँको मौसम सफा रहने छ ।
प्रदेश १ र बागमती प्रदेशका पहाडी क्षेत्रका एकदुई ठाउँमा भने राति पनि पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार बिहान उपत्यकाको तापक्रम भने ९ डिग्री सेल्सियस मापन गरिएको छ ।
सत्यपाटी ।