सूचनाको शक्ति - The Power Of Information

        

जर्मनीको डर्टमण्ड च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

काठमाडौं । जर्मन फुटबल क्लब बोरुसीया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समुहको पाँचौं चरणको खेलमा इटालीको लाजियोसँग १–१ गोलको बराबरी खेल्दै डर्टमण्ड राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

यही समुहको अर्को खेलमा बेल्जीयमको क्लब ब्रुजले रुसको जेनिथलाई ३–० ले हरायो । उता इंग्ल्याण्डको म्यान्चेस्टर युसनाईटेडले भने नक आउट चरणमा पुग्न समुहको अन्तिम खेल जित्नुपर्ने भएको छ ।

गएराति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी)सँग १–० ले पराजित भएपछि म्यान्चेस्टर युनाइटेड दबाबमा आएको हो । यो समुहको अर्को खेलमा जर्मनीको आर.बी लेप्जीगले टर्कीको इस्तानबुल बसाक्शेरलाई ४–३ ले पाखा लगायो ।

यो समुहमा म्यान्चेस्टर युनाईटेड, पिएसजी र लेप्जीगको समान ९–९ अंक छ । अन्तिम चरणमा म्यान्चेस्टरले आरबी लेप्जीगसँग खेल्नेछ भने पिएसजी र इस्तानबुल भिड्ने छन् ।

गएराति भएको अर्को खेलमा इंग्ल्याण्डको चेल्सीले स्पेनको सेभियालाई ४–० ले हरायो । सेभियालाई उसैको मैदानमा हराउन चेल्सीका फ्रेन्च खेलाडी ओलिभर जिरुले चार गोल गरे ।

चेल्सी र सेभिया दुवै टोली यसअघि नैं प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा पुगिसकेका छन् । गएराति भएका समुह ‘जी’ का खेलहरुमा स्पेनको बार्सिलोनाले हंगेरीको फेरेन्कभारोसलाई तथा इटालीको युभेन्टसले युक्रेनको डाईनामो किभलाई ३–० ले पाखा लगाए । एजेन्सी

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार ०७:१२