सूचनाको शक्ति - The Power Of Information

        

देशभर थप १४२९ जनामा कोरोना पुष्टि, १६ हजार ५४७ सक्रिय संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा देशभर १४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको कोरोना परीक्षण हुँदा महिला ५६५ र पुरुष ९२५ जनासहित थप १४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३६ हजार २४६ र निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्युसँगै देशभर मृतकको संख्या १५३८ पुगेको छ ।

यसैबीच देशभर सक्रिय संक्रमित १६ हजार ४५७ जना रहेका छन् भने हालसम्म कोरोना निको हुने दर ९२.३ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५४७ आइसोलेसनमा बसेका छन् भने ६०५ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १६:३७