काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकै दिनमा २ हजार ६ सय ११ जनाको मृत्यु भएको छ। संक्रमणको दोस्रो लहर शुरु भए यता एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको हो ।
अमेरिकामा अप्रिल २१ मा २ हजार ७ सय ४४ जनाको मृत्यु भएको थियो । त्यसको ७ महिनापछि हिजो (मंगलबार) एकै दिनमा २ हजार ६ सय ११ जनाको कोरोनाबाट मृत्यु भएको हो ।
अमेरिकामा कोरोनाबाट सोमबार एक हजार २७१ र आइतबार ८१९ जनाको मृत्यु भएको थियो।
अप्रिलको दोस्रो र तेस्रो हप्ता प्रति दिन औषत २५ सय संक्रमितको मृत्यु भएको थियो। त्यहाँ अप्रिलमा संक्रमित र मृतकको संख्या उच्च विन्दुमा पुगेको थियो।
हाल अमेरिकामा कोरोनाको दोस्रो लहर सुरु भएको छ । अहिले अहिले करीब ५४ लाख संक्रमित उपचाररत छन्। धेरै संक्रमित भेटिएका टेक्सास, क्यालिफोर्निया, न्यूयोर्क लगायत राज्यमा अस्पतालहरु भरिभराउन छन्।
अमेरिकामा अहिलेसम्म एक करोड ४१ लाख ६ हजार संक्रमित फेला परिसकेका छन्। तीमध्ये दुई लाख ७६ हजार ९६५ जनाको मृत्यु भएको छ।
सत्यपाटी ।