सूचनाको शक्ति - The Power Of Information

        

विवाह गर्दै गायक रमेश प्रसाई

काठमाडौं । सामाजिक सञ्जाल तथा मिडियामा भाइरल भएका सञ्चारकर्मी तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाधिन लाग्नु भएको छ ।

‘रिंकेबुङको राँगो’ बोलको गीत गाएर चर्चामा आएका प्रसाईले कालिकोटकी नन्दा सिंहसंग विवाह गर्न लाग्नुभएको हो । तीन वर्ष देखि प्रेम सम्बन्धमा रहेका नन्दा र प्रसाइबीच मंसिर २२ गते विवाह हुन लागेको हो ।

प्रसाईले गाएको ‘रिंकेबुङको राँगो’ बोलको गीत बजारमा निकै नै चर्चामा छ । समाज सेवामा आबद्ध सिंह र गायक प्रसाईबीच धरानमा सामान्य तरिकाले विवाह हुन लागेको छ ।

गायक प्रसाई र कल्पना दाहालले ईन्द्रेणीमा गाएको दोहोरीसंगै उनीहरुबीच प्रेम भएको चर्चा पनि चलेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार ०७:४४