सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा कोरोनाका कारण थप २१ जनाको मृत्यु, देशभर १६ हजार ६३३ सक्रिय संक्रमित

थप १,३०४ जनामा संक्रमण

काठमाडौं ।  नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १,३०४ जनामा संक्रमण
पछिल्लो २४ घन्टामा देशभर एक हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।

थप २,०७३ कोरोनामुक्त
पछिल्लो २४ घन्टामा देशभरबाट कोरोनामुक्त हुनेको संख्या दुई हजार ७३ रहेको छ । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख १६ हजार ५९४ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको मन्त्रालयले छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १७:१८