सूचनाको शक्ति - The Power Of Information

        

तिलामा गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम

गर्भवती आमाको घरदैलोमा पुगेर पोषण, स्याहार सामाग्री प्रदान गर्दै तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा ।

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने दरलाई बढाउनदेखी घरमा सुत्केरी हुने कार्यलाई निरुत्साहित गर्न र मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्न भएको छ । गाउँपालिकाले गत वर्षबाट सुरु गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालु आर्थिक वर्ष २०७७/०७८ मा निरन्तरता दिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाका अनुसार गत वर्षभन्दा यो वर्ष कार्यक्रम परिमार्जित गरेर गर्भवती आमालाई राहत हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गाउँपालिका उपाध्यक्ष बुढाले गर्भावस्था विशेष अवस्था भएकोले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार र सरसफाइ आवश्यक हुने हुँदा त्यसको सन्देश प्रवाहको लागि यो कार्यक्रम सुरु गरिएको पनि बताइन् ।

सो कार्यक्रमले गर्भवती महिलाको स्वास्थ्यमा विशेष ख्याल राख्न सबैको ध्यानाकर्षण गराउने र त्यसबाट गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य राम्रो हुने महिला स्वास्थ्य स्वायंसेविका गोरीकला बस्नेतले बताइन् । कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको सङ्ख्यामा वृद्धि भई मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयबासी रमा बुढाले बताइन् ।

गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिँदै आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सरकारको सबै वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने नीतिअनुसार हाल तिलामा ५ वडामा सरकारी स्वास्थ्य संस्था पुगेको छ । बाँकी वडामा बोलपत्र आह्वानको कामसकि स्वास्थ्य संस्थाको भवन यो वर्ष भित्र निर्माण भई सेवा संचाललन हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १६:३५