सूचनाको शक्ति - The Power Of Information

        

उच्च रक्तस्रावले सुत्केरीको मृत्यु

अछाम । उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा।अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्याधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो ।

विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी निजको अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइए पनि रक्तस्राव नरोकिएका कारण उनको गएराति ज्यान गएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

‘रक्तस्राव निकै बढी भएको रहेछ,’ डा।भारद्वाजले भने, ‘ढिलो गरी अस्पताल ल्याउँदा उनको मृत्यु भयो ।’ उनको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको अस्पतालले जनाएको छ । मृत शिशु जन्मेको तीन घण्टापछि सुत्केरीको रक्तस्राव नरोकिँदा मृत्यु भएको जिल्ला अस्पतालका डा।भारद्वाजले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १२:४१