सूचनाको शक्ति - The Power Of Information

        

तरकारी बोकेको पिकअप दुर्घटना, दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तरकारी बोकेर राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप सोमबार साँझ दुर्घटना हुँदा माईनगरपालिका–९ का दिनेश लिम्बू र पहिचान खुल्न नसकेका अर्का एकजनाको मृत्यु भएको हो ।

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ ।

को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ०७:५१