सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : वृषलाई अवसर, तुलाको नतिजा कमजोर

२०७७ मंसिर १६ गते, मंगलवार, १ डिसेम्बर २०२० । मार्ग कृष्णपक्ष, प्रतिपदा तिथि (१६ः०६ बजेदेखि द्वितीया), रोहिणी नक्षत्र (८ः४६ बजेदेखि मृगशिरा), चन्द्रराशि, वृष, २१ः४१ बजेदेखि मिथुन ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । मान–सम्मान प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

परिस्थितिले खर्च निम्त्याए पनि विशेष पुण्यकर्म सम्पादन हुनेछ । लामो यात्रा अथवा रमाइला ठाउँहरूको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनुका साथै मनको डर उत्साहमा रूपान्तरित हुनेछ । आलोचकहरूले कमजोरी औंल्याउने हुँदा विशेष ध्यान दिनुहोला । संकट टर्नेछ तर खर्च बढ्नाले रकम सञ्चय गर्न नसकिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ काम र आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा सामान्य र नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ । सञ्चित रकमको उपयोगले पनि फाइदै दिलाउनेछ । देश–विदेशमा मान–सम्मान पाइने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । तापनि भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ । तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ । सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ । धन तथा ज्ञानको भण्डार बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । विशेष जिम्मेवारी हात पार्ने मौका छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । परिबन्धले समस्या निम्त्याउन सक्छ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान पुर्याउनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला । प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक खर्च बढ्न सक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लक्ष्यमा पुग्न अरूका लागि केही कठोर नीति अवलम्बन गर्नुपर्ला । दौडधुप गर्नुपरे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । ठूलाको वचन हार्न नसक्दा दुःख पाइनेछ । ईर्ष्या गर्नेहरूलाई तह लगाउन सकिनेछ । दिगो काममा जग बसाउने मौका छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । मिहिनेतले फाइदा दिलाउनेछ । बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन होला । आजको कामबाट दिगो फाइदा हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । साथीभाइ र आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काममा हात हाल्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन् । केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला । व्यावसायिक काममा भने राम्रै लाभ उठाउन सकिनेछ । (नेपाली पात्रो)

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ०६:५५