सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

थप २९ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

१,४७४ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या १५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

थप १,४७४ जनामा संक्रमण
पछिल्लो २४ घन्टामा देशभर १४ सय ७४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।

थप १,९३१ कोरोनामुक्त
पछिल्लो २४ घन्टामा देशभरबाट १९ सय ३१ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख १४ हजार ५२१ पुगेको छ ।

हाल देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १७:५८